प्रतियोगीले digiart.moecdc.gov.np मा गई home page को register now, button मा click गरी आफ्नो username, नाम, मोबाइल नम्बर, जन्म मितिलगायतका विवरण भरेर रजिस्ट्रेसन गर्नुपर्ने छ ।
प्रतियोगीले आफ्नो username र password बाट sign in गरेर डिजिटल चित्र अपलोड गरी Submit गर्नुपर्ने छ ।
प्रतियोगीले sign in गरेपछि आफू अध्ययनरत कक्षा, तह, विद्यालयको नाम र ठेगाना, प्रदेश तथा जिल्लाको नामलगायतका विवरण भर्नुपर्ने छ । एक पटक विवरण भरेपछि उक्त विवरण प्रतियोगीको प्रोफायलमा सुरक्षित रहने छ ।
चित्रकला प्रतियोगितामा सहभागी हुने विद्यार्थी विद्यालय तह कक्षा १–१२ मा अध्ययनरत हुनुपर्ने छ ।
आफू अध्ययनरत कक्षाका आधारमा विभिन्न विषयक्षेत्रमा दिइएका चित्रको विस्तृतीकरण अध्ययन गरेर चित्र निर्माण गर्नुपर्नेछ ।
प्रतियोगीले न्यूनतम एक विषयको कुनै एक विषयक्षेत्र वा शीर्षकसँग सम्बन्धित कम्तीमा एउटा चित्र निर्माण गरेर अपलोड गर्नुपर्ने छ ।
इच्छुक विद्यार्थीले एकभन्दा बढी चित्र बनाई पेस गर्न सक्ने छन्।
पेस भएका सबै चित्रहरू प्रतिस्पर्धाका लागि समावेश गरिने छ ।
प्रतियोगीले निर्माण गरेका चित्र मौलिक, चित्रका लागि दिइएको विवरणसँग मेल खाने, जानकारीमूलक हुनुपर्ने छ । चित्र कतैबाट नक्कल वा साभार गरिएको हुनुहुँदैन ।
विद्यार्थीले अपलोड गर्ने चित्र पाँच मेगावाइट (5 MB) सम्मको हुनुपर्ने छ ।
चित्र साइज ठुलोमा A4 size - 21 * 29 cm र सानोमा 15*21 cm साइज हुनुपर्ने छ । यस्ता चित्र ड्रइङ पेपर, आर्ट पेपर वा फोटोकपी पेपरमा बनाउन सकिने छ ।
चित्रमा रङ प्रयोग गर्दा पानी रङ, पोस्टर रङ, क्रेयन वा पेन्सिल रङको प्रयोग गर्न सकिने छ । एक रङबाट मात्र बनेका चित्र पनि समावेश गर्न सकिने छ ।
प्रतियोगीले बनाएका चित्र स्क्यान गरी JPEG Format मा अपलोड गर्नुपर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट भएका प्रतियोगीको विवरणबारे वेबसाइटमा सूचना प्रकाशन गरी जानकारी गराइने छ ।
पेस भएका चित्रहरूको अध्ययन तथा मूल्याङ्कन गरी उत्कृष्ट चित्र निर्माण गर्ने प्रतियोगीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।
तपाईले बनाउनु भएका चित्र अब तपाईकै किताबमा पनि छापिन्छन्।