Art Competition Management System (ACMS)

Notice List

सूचना सूची
क्र.सं. शिर्षक विवरण कार्य
1 डिजिटल चित्रकला प्रतियोगितामा प्रतियोगीले ध्यान दिनु पर्ने पक्षहरू
  1. चित्रकला प्रतियोगितामा सहभागी हुने विद्यार्थी विद्यालय तह कक्षा १–१२ मा अध्ययनरत हुनुपर्ने छ ।
  2.  कक्षा १–३, कक्षा ४–५, कक्षा ६–८, कक्षा ९–१० र कक्षा ११–१२ मा अध्यापन हुने नेपाली, अङग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयसँग सम्बन्धित विषयक्षेत्रमा आधारित रहेर दिइएका चित्रको विस्तृतीकरण अध्ययन गरेर प्रतियोगीले चित्र निर्माण गर्नुपर्ने छ ।
  3. प्रतियोगीले न्यूनतम एक विषयको कुनै एक विषयक्षेत्र वा शीर्षकसँग सम्बन्धित कम्तीमा एउटा चित्र निर्माण गरेर अपलोड गर्नुपर्ने छ । इच्छुक विद्यार्थीले एकभन्दा बढी चित्र बनाई पेस गर्न सक्ने छन् । पेस भएका सबै चित्रहरू प्रतिस्पर्धाका लागि समावेश गरिने छ ।
  4. प्रतियोगीले एक विषयक्षेत्रसँग सम्बन्धित विषयक्षेत्र वा शीर्षकमा रहेर पेस गरेको चित्रमा चित्त नबुझेमा प्रतियोगिताका लागि खुला गरिएको समयसीमाभित्र अर्को चित्र निर्माण गरी पेस गर्न सक्ने छन् । यसो गर्दा पछि अपलोड गरेको चित्र मात्र प्रतिस्पर्धाका लागि समावेश गरिने छ ।
  5. विद्यार्थीले अपलोड गर्ने चित्र पाँच मेगावाइट (5 MB) सम्मको हुनुपर्ने छ ।
  6. चित्र साइज ठुलोमा A4 size -@!×@(cm_ र सानोमा -!%×@! cm_ साइज हुनुपर्ने छ । यस्ता चित्र ड्रइङ पेपर, आर्ट पेपर वा फोटोकपी पेपरमा बनाउन सकिने छ ।
  7. चित्रमा रङ प्रयोग गर्दा पानी रङ, पोस्टर रङ,  क्रेयन वा पेन्सिल रङको प्रयोग गर्न सकिने छ । एक रङबाट मात्र बनेका चित्र पनि समावेश गर्न सकिने छ ।
  8. प्रतियोगीले बनाएका चित्र स्क्यान गरी JPEG Format मा अपलोड गर्नुपर्ने छ ।
  9. प्रतियोगीले digiart.moecdc.gov.np मा गई home page को register now, button मा click गरी आफ्नो नाम, मोबाइल नम्बर, जन्म मितिलगायतका विवरण भरेर रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  10. प्रतियोगीले आफ्नो जन्ममिति, फोन नम्बर र password बाट sign in गरेर डिजिटल चित्र अपलोड गरी Submit गर्नुपर्ने छ ।
  11. प्रतियोगीले sign in गरेपछि आफू अध्ययनरत कक्षा, तह, विद्यालयको नाम र ठेगाना, प्रदेश तथा जिल्लाको नामलगायतका विवरण भर्नुपर्ने छ । एक पटक विवरण भरेपछि उक्त विवरण प्रतियोगीको प्रोफायलमा सुरक्षित रहने छ ।
  12. प्रतियोगीले निर्माण गरेका चित्र मौलिक, चित्रका लागि दिइएको विवरणसँग मेल खाने, जानकारीमूलक हुनुपर्ने छ । चित्र कतैबाट नक्कल वा साभार गरिएको हुनुहुँदैन ।
  13. प्रतियोगितामा सङ्कलन भएका चित्रहरूको अभिलेखन तथा प्रतिलिपि अधिकार पाठ्यव्रmम विकास केन्द्रमा निहित रहने छ र आवश्यकतानुसार पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा प्रयोग गरिने छ ।
  14. प्रतियोगीले पेस गरेका चित्रहरूको अध्ययन तथा मूल्याङ्कन गरी उत्कृष्ट चित्र निर्माण गर्ने प्रतियोगीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।
  15. प्रतियोगितामा उत्कृष्ट भएका प्रतियोगीको विवरणबारे वेबसाइटमा सूचना प्रकाशन गरी जानकारी गराइने छ ।
  16. पुरस्कृत प्रतियोगीहरूले पाउने नगद पुरस्कार निजहरूको आफ्नो वा एकाघर परिवारका सदस्यहरूको बैङ्क खातामार्फत र प्रमाणपत्र हुलाक वा कुरियरमार्फत पठाइने व्यवस्था गरिने छ । एकाघर परिवारका सदस्यहरूको बैङ्क खातामा नगद रकम पठाउँदा पुरस्कृत विद्यार्थीको मञ्जुरीनामा लिइने छ ।
  17. चित्र मूल्याङ्कनका आधारहरू मूल्याङ्कन समितिले निर्धारण गरेबमोजिम हुने छ । चित्र छनोटको अन्तिम निर्णय मूल्याङ्कन समितिले गर्ने छ ।
  18. पुरस्कारका लागि छनोट भएको चित्र सम्बन्धमा उजुरी परेमा त्यसको छानबिन गरी निर्णय गर्ने अधिकार मूल्याङ्कन समितिमा रहने छ ।
  19. विद्यार्थीले प्रतियोगितामार्फत पेस गरेका चित्रहरू आवश्यकता, औचित्यता र सान्दर्भिकताका आधारमा पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा प्रयोग गरी विद्यार्थीका सिर्जनात्मक प्रतिभालाई थप प्रोत्साहन गरिने छ ।
  20. प्रतियोगितासम्बन्धी थप जानकारी प्राप्त गर्नका लागि केन्द्रको वेबसाइटमा रहेको नम्बरमा सम्पर्क गर्न सकिने छ ।