विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गरी सिर्जनशील, प्रतिस्पर्धी र क्षमतावान् बनाउनका लागि कलाको स्थान महत्त्वपूर्ण छ । यसका लागि उनीहरूको उमेर र स्तरअनुसार प्रविधिको प्रयोग गरी वा नगरी विविध विषयक्षेत्रसँग सम्बन्धित डिजिटल सामग्री निर्माण प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्नु सान्दर्भिक हुन्छ । विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने प्रमुख लक्ष्य राखेर निर्माण हुने पाठ्यसामग्रीमा प्रयोग हुने सामग्रीहरूमा विद्यार्थी स्वयंको सिर्जनात्मक दक्षता, चिन्तन, प्रविधि र कलालाई स्थान दिनका लागि देशव्यापी तथा प्रदेशस्तरमा डिजिटल सामग्री निर्माण प्रतियोगिता कार्यक्रमको थालनी गरिएको हो । यस कार्यक्रममा प्रदेशगत रूपमा विद्यालय तह, विषय र विषयक्षेत्रसँग सम्बन्धित डिजिटल सामग्री निर्माण प्रतियोगितामा विद्यार्थीहरू सहभागी हुने छन्।
थप पढ्नुहोस्| S.N. | Subject | Art Title/Theme | Art Description | Action |
|---|